logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेखर कोइराला पक्षको बृहत् बैठक बस्दै


अंकुरण खबर
793
Shares

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ ।

महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा गर्ने भन्दै डाकिएको बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने भएको हो ।

महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू ईतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको छ। सो समूहका नेताहरूबीच हिजो पनि छलफल भएको थियो । सभापति देउवाले आफ्नो समूहलाई बेवास्ता गरेको निष्कर्ष छलफलबाट निकालिएको थियो ।

सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनको टिकट वितरणका क्रम देखाएको रबैयाले पनि उनी आफू ईतर समूहलाई पेलरै जाने मुडमा रहेको संकेत गरेको ठहर नेताहरुले गरेका थिए ।

कोइराला समूहको बैठकमा सो समूहबाट पदाधिकारी तथा केन्द्रीय समितिमा चुनाव लडेकाहरुसहित अन्य समर्थकहरूलाई पनि बोलाइएको छ ।