logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टाइम्स र रोयल सेमिफाइनलमा


अंकुरण खबर
390
Shares

टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।

चण्डोल स्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्‍यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० अंक योगदान गरे ।

चारै क्वाटर आफ्नो पक्षमा पारेको टाइम्सले क्रमशः २७–१७, १७–१३, १७–११ र १५–१२ स्कोर गर्‍यो । अजय कुश्वाहाको १६ अंक सहयोगमा रोयलले स्कल क्यान्डीलाई ८०–६२ ले हरायो । पहिलो क्वाटरमा २१–६ को अग्रता बनाएको रोयल दोस्रोमा १८–२१ ले पछि पर्‍यो । रोयलले तेस्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लियो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्स पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो । गोड्सले क्याम्पियनलाई ५७–४० ले पाखा लगायो । गोड्सका मिनेश शाक्यले १५ अंक जोडे ।

दोस्रो क्वाटर ८–८ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा गोड्स अघि रह्यो । गोड्सले पहिलोमा १२–११, तेस्रोमा २२–१४ र चौथोमा १५–७ को प्रदर्शन गर्‍यो ।

अर्को लिग खेलमा गोल्डेनगेटले बीएमके माथि ७९–५७ को जित रच्यो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे । पहिलो क्वाटरमा १७–२२ ले पछि परेको गोल्डेनगेटले खेलमा पुनारगमन गर्दै आराम्दायी जित आत्मसात्   गर्‍यो । गोल्डेनगेटले दोस्रो क्वाटर २०–१२, तेस्रो २५–१३ र चौथो १७–१० ले आफ्नो पक्षमा पार्‍यो ।

लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्ने छ । यही खेलले सेमिफाइनल समीकरण तयार गर्ने छ ।