logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समाजवादी प्रेस संगठनको पदाधिकारीले पायो पूर्णता


अंकुरण खबर
1.04K
Shares

नेकपा एकीकृत समाजवादी निकटको समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय तदर्थ ९संस्थापक० समितिका पदाधिकारीलाई पूर्णता दिएको छ ।

२२ पुस २०७८ मा संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको काठमाडौमा उपलब्ध पदाधिकारीको बैठकले शम्भु श्रेष्ठ अध्यक्ष, उपाध्यक्षमा विश्वमणि सुवेदी, प्रकाश खतिवडा, शीतल साह, नरेन्द्र साउद, भवानी कार्की, बुद्धवीर बाहिङ राई, शन्तराम विडारी, तीर्थराज सिग्देल, नवराज छत्कुली, श्रीराम सिग्देल, विकास बञ्जाडे, दुर्गा थापा, राजेन्द्र कुंबरलाई चयन गरेको छ ।

त्यस्तै महासचिवमा भूपराज खड्कालाई चयन गरेको छ । यसरी नै उपमहासचिवमा रामकुमार एलन, तेजप्रसाद वाग्ले र उर्मिला कुँवरलाई चयन गरेको छ । कोषाध्यक्ष कृष्णराज गौतम तथा सचिवमा गोविन्दप्रसाद चौलागाई, सुभाषप्रसाद साह र उत्तरसिह विष्ट रहेका छन् ।

बिहीबारको बैठकले संगठनको विधान मस्यौदा तयारी समिति पनि गठन गरेको छ । १५ दिनभित्र विधान मस्यौदा तयार गरिसक्ने गरी महासचिव भूपराज खड्काको संयोजकत्वमा उपमहासचिवत्रय रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर र सदस्य जीवन बीसी रहेको ५ सदस्यीय समिति गठन गरेको हो ।

यसरी नै बैठकले समाजबादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला ७ फागुन २०७८ शनिबार काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

समाजवादी प्रेस संगठन नेपालको २७ कात्तिक २०७८ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा काठमाडौमा आयोजित एक कार्यक्रममा घोषणा भएको थियो ।