logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एमाले लमजुङको जिल्ला अधिवेशन आज, उपमहासचिव गुरुङले सम्बोधन  गर्ने


अंकुरण खबर
767
Shares

नेकपा (एमाले) लमजुङको ८औँ जिल्ला अधिवेशन आजदेखि सुन्दरबजारमा सुरु हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । लमजुङमा त्यसपछि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।

बन्दसत्र भोलिबाट जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताए ।

बन्द सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आयोजक गरी करिब ६ सय जनाको सहभागिता रहने छन् ।