logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले मोरङमा नेतृत्वको टुंगो लाग्यो, अब ताली बजाउन मात्र बाँकी


अंकुरण खबर
754
Shares

नेकपा (एमाले)  मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेको छ ।

वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुन: दोहोरिने गरी सहमति भएको एक नेताले बताए ।

उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दोहोरिने भएका हुन् । उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । ‘नयाँ नेतृत्वको टुंगो लागिसकेको छ, अब ताली बजाउन मात्र बाँकी छ,’ एक नेताले भने ।

उपसचिवमा भने केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उनी एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बसेकी थिइन् ।

पदाधिकारीमा एक महिला अनिवार्यको व्यवस्था विधानमै रहेपछि उनलाई ल्याउने तयारी गरिएको हो। १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उनलाई उपसचिव बनाउन लागिएको हो ।

उपसचिवमै  सन्तोष साहलाई ल्याउने तयारी छ । एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले पनि सर्वसम्मतै नेतृत्व चयन हुने बताए ।

१ सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।