logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले तेह्रथुम अधिवेशन : अध्यक्षमा तिवारी र कन्दङवाको उम्मेदवारी घोषणा


अंकुरण खबर
598
Shares

नेकपा एमाले तेह्रथुमको ११ औँ अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र ‘क’ का प्रदेश संसद तिवारी र निर्वाचन क्षेत्र ‘ख’ का प्रदेश संसद कन्दङवाले जिल्ला अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

६ वटै पालिकाहरु सर्वसहमत नेतृत्व चयन गरेको एमाले तेह्रथुम जिल्ला अधिवेशनमा दुई जनाको दाबेदारी देखिएको हो । जिल्ला अध्यक्षसमेत रहेका तिवारीले प्रदेश १ को पूर्व उद्योग वन तथा वातावरण मन्त्रीसमेत हुन् ।

त्यस्तै कन्दङवा पनि पूर्व जिल्ला अध्यक्ष हुन् । सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेका बेला उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन् ।

सर्वसम्मत नयाँ कमिटी चयन गर्नेगरी प्रयास भइरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।