उदयपुर जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को सातौं चरणको खेल दुई ठाउँमा गर्ने तयारी भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० उदयपुरद्वारा आयोजित प्रतियोगिताको अन्तिम चार खेल दुई ठाउँमा हुन लागेको हो ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ हवाईफिल्डस्थित थरुहट रंगशालामा जारी खेलका बाँकी ४ मध्ये १ खेल त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खेलमैदानमा गर्ने तय भएको हो ।
जलजलेमा फुटबल क्लब बगाहा र लाली गुराँस क्लब भागलपुरबीच २४ गते मध्यान्ह १२ बजे प्रतिस्पर्धा हुने तालिका सार्वजनिक भएको छ । त्यसका लागि तयारी भइरहेको जलजलेका मेन्यु मेनेजर राजेन्द्र राईले बताए ।
बाँकी खेल भने थरुहट रंगशालामै हुने एन्फाले जनाएको छ । २४ गते मध्यान्ह १२ बजे फ्युजन फुटबल क्लब बोक्से र बेलटार एकता युवा क्लब चौदण्डीगढी बीच हुने एन्फा अध्यक्ष रञ्जन कार्कीले बताए । कार्कीका अनुसार दुवै खेलका लागि मेन्यु मेनेजर तोकिसकिएको र तयारी भइरहेको छ ।
जलजलेको मेन्यु मेनेजर राजेन्द्र राईलाई तोक्दा थरुहटमा मदन भुजेल तोकिएका छन् । सबै खेल गाईघाटमै भइरहेकोमा एकैदिन २ खेल गर्नु पर्ने भएपछि समय व्यवस्थापन गर्न नसक्दा एउटा खेल जलजलेमा गर्नु परेको कार्कीले बताए ।
विजेता टिमले पुरस्कार स्वरूप ५० हजार नगद र प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ भने उपविजेतालाई ३० हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न ८ वटा ए डिभिजन खेल समूहको सहभागिता रहेको छ । अहिलेसम्म सब भन्दा बढी अंक फ्युजन क्लबले १५ हासिल गरेको छ भने दोस्रोमा १३ र लालीगुराँसले १२ नं। लिएका छन् ।
गाईघाट फुटबल र बेलटार एकताले समान १० अंक लिँदा फुटबल क्लब बगाहाले ७ र बगाहा युवा क्लबले ३ अंक मात्र जोडेका छन् । अहिलेसम्म अंक जोड्न नसकेको मेधावी सब भन्दा पुछारमा रहेको छ । गएको १० गतेदेखि गाईघाटमा फुटबल प्रतियोगिता भई रहेको छ ।