logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुर एमालेमा नेतृत्वका लागि पुरुषोत्तम र चेतनाथको दौड


अंकुरण खबर
338
Shares

नेकपा (एमाले) ललितपुर अध्यक्षमा दुई जनाले दाबी गरेका छन् ।

शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै चेतनाथ सञ्जेल र पुरुषोत्तम आचार्य अध्यक्षका लागि तीव्र दौडधुपमा छन् ।

नेताहरुले भने सहमतिबाटै नेतृत्व टुंग्याउन प्रयास गरिरहेका छन् । सातदोवाटो स्थित एक पार्टी प्यालेसमा सुरु हुने बन्दसत्रमा सहमतिको प्रयास हुनेछ ।

चेतनाथ आफ्नो पक्षमा दुईतिहाई रहेको प्रचार गर्दै आइरहेका छन् भने पुरुषोत्तम ललितपुर – १ मा समेत गत मंगलबार भएको प्रतिनिधि छनोट पछि आफू बलियो बनेको तर्क गर्न थालेका छन् ।

एमालेले शुक्रबार ६१ वटा जिल्लामा अधिवेशन सुरु गरेको थियो । ती जिल्लामा नयाँ नेतृत्व चयन भइरहेको छ ।