logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले लमजुङ अधिवेशन : बन्दसत्र व्यवस्थित बनाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन


अंकुरण खबर
611
Shares

नेकपा एमाले लमजुङको ८ औँ अधिवेशनको बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बन्दसत्रलाई मर्यादित, व्यवस्थित, अनुसाशित ढंगले संचालनको लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।

शनिबार बिहानबाट सुरू भएको बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको हो ।

अध्यक्ष मण्डल सदस्यहरूमा प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, मोहनहरि पौडेल, सिंहबहादुर थापा, राजकुमार श्रेष्ठ, नन्दराम विश्वकर्मा र दीपा गुरुङ रहेका छन् ।

जिल्ला समन्वय समिति लमजुङको सभाहलमा शनिबार विहानबाट बन्दसत्र सुरु भएको छ ।