logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एमाले केपी ओलीको हैन : नेता महतो


अंकुरण खबर
1.443K
Shares

प्रदेश-२ का पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोले नेकपा एमाले केपी ओलीको नभएको जिकिर गरेका छन् ।

आज महोत्तरीमा बर्दिबास नगरपालिकाले आयोजना गरेको प्रवेश कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका नेतासमेत रहेका महतोले नेताहरू माधव नेपाल, झलनाथ खनालले रगत र पसिना बगाएको पार्टीमा केपी ओलीको रजाइँ रहेको टिप्पणी गरेका थिए ।

नेकपा एमालेसँग विद्रोह गरेर बनेको एकीकृत समाजवादीले नै युवाहरूको भावना समेट्न सक्ने मन्त्री महतोको दाबी छ । उनले प्रदेशभर नै एकीकृत समाजवादी तर्फ पार्टीहरूको आकर्षण रहेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता सुदर्शन काफ्ले, राजपाका पूर्व केन्द्रीय प्रचारप्रसार विभागका सदस्य तथा नेता सन्तोष घिमिरे, व्यवसायी तथा स्वतन्त्र युवा हरि काफ्लेलगायत झण्डै सय जनाको संख्यामा युवाहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री महतोले खादा र टीका लगाएर युवाहरूलाई पार्टी प्रवेश गराएका थिए ।