logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुआत


अंकुरण खबर
897
Shares

सेनेगल, ग्वेना, मोरोक्को र गाबोनले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेका छन् ।

समूह ‘सी’ को खेलमा मोरोक्को विजयी हुँदा घाना भने पहिलो खेलमै स्तब्ध भयो । ८३ औं मिनेटमा सोफाने वोउफलको निर्णायक गोलमा मोरक्कोले घानालाई १–० ले पराजित गर्यो ।

समुह ‘सी’को अर्को खेलमा गाबोनले कोमारसोसलाई १–० ले पराजित गरेको छ ।  समूह ‘बी’ अन्तर्गतको खेलमा गिनियाले मलावीलाई १–० ले हरायो । ३५औं मिनेटमा इसाघा सेलाले गरेको गोल ग्वेनालाईको लागि तीन अंक पर्याप्त रह्यो ।

यता,सेनेगलले सुखद सुरुआत गर्ने क्रममा जिम्बाव्वेलाई १–० ले निराश पार्यो । इन्जुरी समयको सातौ मिनेटमा साडियो मानेले गरेको गोलमा सेनेगल विजयी भयो ।