कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरिएको हो ।
आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको छ ।