logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकारे


अंकुरण खबर
1.066K
Shares

सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकार गरेका छन् ।

सामाजिक संजाल इन्स्टाग्राम मार्फत टेनिस स्टार जोकोभिचले पछिल्लो महिना कोभिड संक्रमित हुँदा आफूले आइसोलेसनको नियम उल्लंघन गरेको स्वीकार गरेका हुन् ।

उनी १६ डिसेम्बरमा कोभिड – १९ बाट संक्रमित भएका थिए । यस्तै, उनले कोभिड फारम समेत गल्ती भरेको र अष्ट्रेलियामा पत्रकारलाई अन्तर्वार्ता दिएको बताएका छन् । उनले भनेका छन्, ‘म स्विकार गर्छु गलत जानकारी भरेको हो ।’

गत ६ जनवरीमा ग्रान्डस्लाम खेल्न अष्ट्रेलिया पुगेका ३४ वर्षीय जोकोभिचको स्थानीय सरकारले भिसा रद्द गरेको थियो । तर, सोमबार अदालतले सरकारको निर्णय खारेज गरेसँगै वर्षको पहिलो ग्रान्डस्लाम ओपन खेल्ने सम्भावना बलियो बनेको थियो ।

यी खेलाडीले हाल सम्म आफूले कोरोना विरुद्धको खोप लगाएको वा नलगाएको ठोस प्रमाण समेत देखाएका छैनन् । जसका कारण यस विषयले अहिले ठूलो रुप लिएको छ र जोकोभिचले ग्रान्डस्लाम खेल्नेमा पनि द्विविधा बढाएको छ ।