logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टाइगर कप भलिबल : एपीएफको तेस्रो हार, पुलिस अपराजित


अंकुरण खबर
884
Shares

Friends playing volleyball

पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत बुधबारको खेलमा विभागीय टिम नेपाल पुलिसले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ ।

पुरुषतर्फको स्पर्धामा पुलिसले एपीएफमाथि ३–१ को सेटले जीत निकालेको हो । पुलिसले २५–२१, २३–२५, २५–२३ र २५–१९ को सेटले पराजित गरेको हो ।

यो जितसँगै पुलिसको फाइनल यात्रा लगभग पक्का भएको छ भने तेस्रो हार बेहोरेको एपीएफ लिग चरणबाटै बाहिरिने भएको छ ।

पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशसँग हारेको एपीएफ दोस्रो खेलामा आर्मीसँग स्तब्ध बनेको थियो । पुलिसले भने ३ खेल जितेको छ । दुवैले एकरएक खेल खेल्न बाँकी छ ।