logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर च्याम्पियन


अंकुरण खबर
806
Shares

बैकल्पिक खेलाडी एलेक्सिस सान्चेजले गरेको खेलको अन्तिम समयको गोलसँगै इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरागमन जित सहित इन्टरले सन् २०१० पछि पहिलो पटक यो उपाधि हात पारेको हो ।

खेल पेनाल्टी सुट आउटतर्फ धकेलिँदा खेलमा १२१ औं मिनेटमा बेन्चबाट आएका सान्चेजको गोल निर्णायक बनेको थियो ।

खेलको २५औँ मिनेटमा वेस्टन म्याकेनीको गोलमा युभेन्ट्सले अग्रता बनायो । ३५औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै लौटारो मार्टिनेजले इन्टरलाई पहिलो हाफमा १-१ को स्थितिमा ल्याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो ।

अतिरिक्त समयको इन्जुरी समयमा अनुभवी खेलाडी सान्चेजको गोलसँगै इन्टर उपाधि जित्न सफल भयो ।