logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट


अंकुरण खबर
871
Shares

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल) मा सिड्नी थन्डर्सलाई नौ रनले पराजित गरेको छ ।

हुरिकेन्सको जितमा सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।

बिहीवार मेलवर्न स्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाईलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो ।

जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्दै २४ अंकसहित चौथो स्थानमा छ । हुरिकेन्सले आगामी खेलमा मेलवर्न रिनेगाडेससँग खेल्दै छ ।