logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विधान चुनाव अघि उत्तर प्रदेश भाजपामा पहिरो


अंकुरण खबर
845
Shares

एक महिना पछि हुन लागेको विधानसभाको निर्वाचन अघि भारतीय जनता पार्टी (भाजपा ) लाई उत्तर प्रदेशमा धक्का लागेको छ ।

आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिना अघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् ।

जसमा मौजदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्री समेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका स्वार्मीप्रसाद मौर्य र दारासिंह चौहान छन् ।

यस्तै भाजपा परित्याग गर्नेहरूमा भगवती सागर, रोशन लाल वर्मा, विनय शाक्य, अवतार सिंह भाडाना, बृजेश प्रजापति, मुकेश वर्मा, राकेश राठौर, जय चौबे, माधुरी वर्मा, आरके शर्मा, बाला अवस्थी र धर्म सिंह सैनी छन् ।

विधानसभाको ४०३ का सिटका लागि उत्तर प्रदेशमा १० फेब्रुअरी १० देखि ७ मार्चसम्म सात चरणमा निर्वाचन हुँदै छ ।