logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीएम कप : देव र अनिलको उत्कृष्ट प्रदर्शनले लुम्बिनीको पहिलो जित


अंकुरण खबर
663
Shares

देव खनालको अर्धशतक तथा अनिल खरेलको उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी – २०  क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा प्रदेश – २ लाई ४२ रनले हराउँदै लुम्बिनीले महत्त्वपूर्ण दुई अंक जोडेको हो ।

१६१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश – २ ले २० ओभरमा नौ विकेट गुमाएर ११९ रन मात्र बनायो । प्रदेश(२ को ब्याटिङमा विकेक यादवले २४ बलमा सर्वाधिक ३६ रन बनाउँदै अविजित रहे ।

सन्तोष कार्की र हरिशंकर झाले समान १४ तथा मोहम्मद आदिल अलाम र रुपेश सिंहले समान १३ रनको योगदान गरे । महबुब अलाम ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीको अनिल खरेलले चार ओभरमा १३ रन खर्चिदै पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । यस्तै, कृष्ण कार्की, सिद्धान्त शाही र बासिर अहमदले समान एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो ।

लुम्बिनीका लागि देव खनालले ३८ बलमा चार चौका र एक छक्का सहित सर्वाधिक ५४ रन जोड्दै उत्कृष्ट इनिङ खेले । विसार अहमद र सन्दीप रजालीले समान ३० रनको योगदान गरेर पेभेलियन फर्कीए । ओपनर सौरभ खनालले १० रनको योगदान गरे ।

प्रदेश – २ को बलिङमा रुपेश सिंह र विवेक यादवले समान दुई विकेट लिए भने हरिशंकर शाह, महबुव अलाम र विशाल सुस्लिङले समान एक विकेट लिए ।