त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजीत गरेको छ ।
बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले ३ – १ को सेटले डिफेण्डिङ च्याम्पियन गण्डकीलाई हराएको हो ।
आर्मीको फाईनल प्रवेश जीवितै छ । पहिलो सेटमा आर्मी २५ – १५ स्कोरले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट जित्दै गण्डकीले लय समात्यो ।
दोस्रो सेट २० – २५ सेटमा गुमाएको आर्मीले तेस्रो सेट २५-१५ को अवस्थामा जित्यो । दबावमा परेको गण्डकी प्रदेशले चौथो सेट २६ -२४ मा आर्मीलाई दियो । गणेडकी भने फाइनल छिर्न प्रवेश गर्न सकस परेको छ ।