शनिवार हुने भनेको प्रधानमन्त्री कप पुरुष टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल खेलाडीमा कोरोना संक्रमणको आशंका भए पछि स्थगित भएको छ ।
प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंका भए पछि खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
समूह ए अन्तर्गत पुलिस र प्रदेश १ बीचको खेल कीर्तिपुर स्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान शुरु हुने तालिका तय भएको थियो ।
पुलिस समूह ए मा लगातार तीन खेल जित्दै विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ ।
क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षण पछि मात्र खेलबारे निर्णय हुनेछ ।