logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीएम कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता : खेलाडीमा कोरोना देखिपछि खेल स्थगित


अंकुरण खबर
1.794K
Shares

काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीमा कोरोना देखिएको छ ।

शनिबार तय भएको नेपाल पुलिस र प्रदेश एकको खेलमा कोरोना संक्रमण  भएपछि खेल स्थगित गरिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेश एकका एक खेलाडीमा कोरोना देखिएको बताएको छ ।

‘प्रदेश एकको खेलाडीहरुको कोभिड परिक्षण गर्दा एक खेलाडीको मात्र पोजिटिभ रिपोर्ट आएको  क्यानले बताएको  छ । समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।  स्थगित खेल भोलि (सोमबार) हुने र आज (आईतबार) का खेल नियमित समयमा सुरु हुनेसमेत क्यानले जनाएको छ ।

आइतबार पीएम कपमा दुई खेल हुनेछ । प्रदेश एक र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।