logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिस विरुद्धको खेल स्थगित


अंकुरण खबर
975
Shares

नेपाल पुलिस क्लब विरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिए पछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ ।

यस अघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यस पछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो ।

पुलिस आठ खेलमा सात अंक जोडेर ११ औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३ औं  स्थानमा छ  । ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलो पटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।