logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप पुरुष टी- २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश जितविहीन


अंकुरण खबर
1.235K
Shares

कीर्तिपुर स्थित टीयू मैदानमा आयोजना गरिएको प्रधानमन्त्री कप पुरुष टी  – २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश जितविहीन बनेको छ ।

सो प्रतियोगितामा अनिल खरेल र देव खनालले उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीले गण्डकीलाई ५ विकेटले हरायो । देवले अर्धशतक बनाए पछि लुम्बिनीले १०५ रनको लक्ष्य १३.१ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

समूह ‘बी’ अन्तर्गत आइतबार भएको अन्तिम खेलमा गण्डकी सबै चार खेलमा लुम्बिनीसँग पराजित भएको हो ।

यू – १९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देवले २६ बल खेल्दै १० चौका र १ छक्का मद्द

गण्डकीका लागि सुवास भण्डारीले ३ विकेट लिए भने अशोक श्रेष्ठ र विशाल पौडेलले समान १ विकेट लिए ।

त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी अनिल गुरुङले अर्धशतक बनाउनुका बावजुत पनि १९.१ ओभरमा १०४ रनमा अलआउट भएको थियो । लुम्बिनीका अनिल खरेलले १९ औं ओभरमा घातक बलिङ गर्दै ३ विकेट लिएपछि गण्डकीको इनिङ्स धरासयी बनेको थियो ।

अनिलले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । कप्तान कृष्ण कार्की र दिपेन्द्र रावतले २- २ तथा दुर्गेश गुप्ता र तुल बहादुर थापाले समान १ विकेट लिए ।

यू-१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देवले  ५६ रन बनाए भने सुशान्त थापाले ३७ बलमा २६ रन जोडेका थिए । छक्का प्रहार गर्दै जित पक्का गरेका बसिर अहमेदले २ बलमा अविजित ७ रन जोडे ।

गण्डकीका लागि अनिल गुरुङले ३९ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए भने कप्तान विशाल पौडेलले १६ रन जोडे ।