logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिक्तेल रुपाकोट मझुवागढीमा थप पाँच जनालाई कोरोना संक्रमण


अंकुरण खबर
1.066K
Shares

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

आइतबार ९ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको हो ।

यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र संक्रमितको संख्या ८ पुगेको छ । शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनालाई संक्रमण पुष्टि भएको थियो । संक्रमित होम आइसोलेसनमा बसिरहेको नगरपालिकाले जनाएको छ ।

कोभिड-१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको छ । जिल्लामा पछिल्लो हप्ता दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ ।