logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने


अंकुरण खबर
1.105K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

सरकार गठनको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भएका अवस्थामा राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनको दिन र समय निर्धारण भइसकेको छैन । ‘प्रधानमन्त्रीज्यूले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका सहयोगी विजयी अधिकारीले बताए ।

उनका अनुसार राष्ट्रको नाममा सम्बोधन गर्ने मिति र समय निर्धारण भइसकेको छैन ।