logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

तत्काल स्थानीय तह चुनावको मिति घोषणा गर्ने सरकारको तयारी


अंकुरण खबर
767
Shares

सरकारले तत्काल स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका हुन् ।

समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताए ।

मन्त्री खतिवडाले पाँच दलीय गठबन्धन समयमै चुनाव गर्नुपर्छ भन्नेमा अडिग रहेको बताउदै अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउने जानकारी दिए ।

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।