logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना मुक्त भएपछि प्रचण्ड राजनीतिक भेटघाटमा सक्रिय, पहिलो भेट प्रधानमन्त्री देउवासँग


अंकुरण खबर
806
Shares

कोरोना संक्रमणबाट मुक्त भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

दाहालले कोरोना संक्रमण पुष्टि भएयता केही दिनदेखि सबै खालका भेटघाट बन्द गरेका थिए । उनी आइतबार संक्रमण मुक्त भएपछि राजनीतिक भेटवार्तामा सक्रिय भएका हुन् ।

यस क्रममा दाहालले अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग छलफल गरिरहेका छन् ।

दुई नेताबीच राष्ट्रियसभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। ​