logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश गरेपछि पद रिक्त, आयोगले जारी गर्‍यो सूचना


अंकुरण खबर
403
Shares

रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ वडाध्यक्षविहीन भएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ ।

पद रिक्त रहेको जानकारी निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।