प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले २० ओभरमा ५ विकेट गुमाउदै १५५ रन बनाएको हो ।
पुलिसका लागि पवन सराफले अर्धसतकीय पारी खेलेका थिए । ५९ रन बनाएर आउट हुँदा पवनले ५४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहर गरेका थिए ।
पुलिसका लागि दिलिप नाथले अविजित ३१ रन बनाएका थिए भने अनिल शाहले २५ रन बनाए । त्यस्तै आरिफ सेखले १२, शंकर राणाले ८ रन र रशिद खानले ५ रन बनाए भने दिपेन्द्र सिंह ऐरी शुन्यमा आउट भएका थिए ।
त्यसैगरी बागमती प्रदेशका नन्दन यादव र रजिन ढकालले २-२ विकेट लिए भने प्रतिष जिसीले एक विकेट लिएका थिए ।