logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री अथकद्धारा श्रेष्ठलाई “गिनिज बुक अफ वल्र्ड रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण


अंकुरण खबर
1.417K
Shares

विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन् ।

वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउन सफल भएका हन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे ।

मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरे ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए।