धरानमा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए । उनको उपचारकै क्रममा मंगलबार साँझ मृत्यु भएको हो । उनमा पुस २८ गते कोरोना पुष्टि भएको थियो।
मृतक कलेजो र मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेको अस्पतालले जनाएको छ।