logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोटाङमा थप आठ जनालाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
767
Shares

खोटाङमा थप आठ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा-४ जना र खोटेहाङ गाउँपालिकामा(४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बुधबार १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनालाई संक्रमण पुष्टि भएको हो । यससँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या २४ जना पुगेको छ ।

खोटेहाङ गाउँपालिकामा शंकास्पद आठ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ ।

संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।