logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेभियाले अंक दूरी घटाउने मौका गुमायो


अंकुरण खबर
442
Shares

स्पेनिस ला लिगामा बुधबार राति भएको खेलमा भ्यालेन्सिया र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाढेका छन् ।

भ्यालेन्सियामा भएको खेलमा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएसँगै शीर्षस्थानको रियल मड्रिडसँग अंक दूरी छोट्याउने अवसर गुमाएको हो ।

डिफेण्डर मौकार डायखावीको आत्माघाति गोलसँगै सेभियाले साँतौ मिनेटमा अग्रता बनायो । तर पहिलो हाफको ४४औं मिनेटमा गोनकालो गुइडेसले घरेलु टोलीलाई बराबरीमा ल्याए ।

खेलको ८९औं मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा सिमित भयो । लुईस गायाले दोहोरो कार्ड पाउँदा मैदान बाहिर रहे ।

बराबरीसँगै सेभिया २१ खेलबाट ४५ अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट ४ अंक माथि रहेको रियल शीर्षस्थानमा छ । यता, समान खेलबाट भ्यालेन्सिया २९ अंक सहित नवौं स्थानमा छ ।

गय रातिनै भएको अन्य खेलमा सेल्टा भिगोले ओसासुनालाई २–० ले पराजित गर्यो ।