logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२६ औँ सिर्जनाकपको उपाधि दिपज्योती युवा क्लवको पोल्टामा


अंकुरण खबर
1.313K
Shares

माघे संक्रान्तीको अवसरमा मस्र्याङ्दी गाउँपालिका ६ ठुलीबेसीमा आयोजना गरीएको २६ औ सिर्जनाकप खुल्ला फुटबल प्रतियोगिताको उपाधि दिपज्योती युवा क्लवले जितेको छ ।

चन्द्रमा युवा क्लव थाकन र दिपज्योती लाम्पाटा विच मंगलबार भएको फाइनल खेलमा २ का विरुद्ध ३ गोल गर्दै दिपज्योती लाम्पाटाले सिर्जनाकपको उपाधी हात पारेको हो ।

खेल अवधिमा दुई दुई गोलको वरावरी भएपछि आयोजकले समय थप गरेको थियो थप समयमा चन्द्रमालाई शुन्यका विरुद्ध १ गोल गर्दै दिपज्योतीले जित हात पारेको हो ।

विजेता दिपज्योतीले १ लाख सहित सिर्जना कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता चन्द्रमा युवा क्लवले ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेको छ । सेमिफाइनलमा पुग्ने २ टिम फुटबल प्यान क्लव र सुजना युवाक्लवललाई ६/६ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजक सिर्जना युवा क्लवका कोषाध्यक्ष रामप्रसाद परियारले जानकारी दिए ।

माघेसंक्रान्तीको अवसरमा क्लवले मिनि म्याराथुन प्रतियोगिता, झाक्री प्रदर्शन, लोक संस्कृतिको संरक्षणका लागि लोक दोहोरी प्रतियोगिता, खुल्ला ठेलो प्रतियोगिता र टोलस्तरिय डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरेको थियो ।