logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिटी रोकियो, युनाइटेडको जित


अंकुरण खबर
533
Shares

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी रोकिँदा म्यानचेस्टर युनाइटेडले  रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा शीर्ष स्थानको भ्रमणकारी टोली सिटी साउथह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको हो ।

खेलको सातौँ मिनेटमा केली वाल्करको गोलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता बनायो । ६५औँ मिनेतमा अमेरिक लोपार्टको गोलमा सिटी खेलमा फर्कियो ।

बराबरी नतिजासँगै सिटी २३ खेलमा ५७ अंकसहित शीर्ष स्थानमा यथावत छ । २२ खेलबाट २५ अंकसहित साउथह्याम्पटन १२औँ स्थानमा छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामविरुद्व १-० को जित निकालेको छ ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकिएपनि इन्जुरी समयमा मार्कुस रासफोर्डको निर्णायक गोलमा महत्त्वपूर्ण तीन अंक जोडेको हो ।

युनाइटेडले २२ खेलबाट  ३८ अंक बनाउँदै  तालिकाको शीर्ष चारमा उक्लिएको छ ।