logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्टरलाई शीर्षस्थानमा पाच अंकको अग्रता


अंकुरण खबर
871
Shares

पुनरागमन सहित भेनेजियालाई शनिबार राति २-१ अन्तरले पराजित गर्दै शीर्षस्थानको इन्टर मिलनले अग्रता पाच अंकको बनाएको छ ।

इन्टरको १६औं जितमा निकोलो बरेला र इडेन जेकोले १ -१ गोल गरे । भेनेजियाको लागि  थोमस हेन्रीले गोल गरे ।

खेलको १९औं मिनेटमा थोमसको गोलबाट भ्रमणकारी टोली भेनेजियाले अग्रता बनायो । ४०औं मिनेटमा निकोलोले गोल गर्दा पहिलो हाफ १-१ को अवस्थामा सकियो ।

खेलको अन्तिम मिनेटमा जेको चम्किदा इन्टरले उपाधी यात्रा थप बलियो बनायो ।

जितसंगै इन्टर २२ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसि मिलान  ४८ अंक सहित दोस्रो स्थानमा छ ।

यता पराजित भेनेजिया भने २२ खेलबाट १८ अंक सहित १७औं स्थानमा छ ।