logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित प्रचण्ड पत्नी सीता दाहालको तीन दिनदेखि अस्पतालमा उपचार हुँदै


अंकुरण खबर
1.014K
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् ।

कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने गंगाको भनाइ छ ।

चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

केही समयअघि मात्र प्रचण्डलाई कोरोना संक्रमण भएको थियो । उनलाई नेगेटिभ आएलगत्तै सीतालाई पोजेटिभ देखिएको हो ।

सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्यलाभ गरिरहेकी छन् ।