logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१२ गते हुने राष्ट्रियसभा निर्वाचनमा मौन अवधि आजबाट


अंकुरण खबर
1.131K
Shares

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा मौन अवधि सुरु भएको छ ।

आज(आइतबार) मध्यरातिबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन् । सामाजिक सञ्जालदेखि कुनै पनि माध्यमबाट मत माग्न नपाइने आयोगले जनाएको छ । साथै मतदान केन्द्रको ३०० मिटर वरिपरि कुनै पनि निर्वाचन चिह्न र प्रचार राख्न पाइने छैन् ।

आयोगले निर्वाचन अधिकृतलाई मतदाताले प्रदेशसभा सदस्य, पालिका अध्यक्ष वा उपाध्यक्ष तथा नगरप्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदाता विवरणका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।