logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफ्रिका कप अफ नेसन्स: गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा


अंकुरण खबर
1.469K
Shares

गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो ।

जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो ।

गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए ।

अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् ।