logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रेलियन ओपन : नाडाल सेमिफाइनलमा


अंकुरण खबर
988
Shares

गत वर्ष क्वार्टर फाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टर फाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम चार पक्का गरेका हुन् ।

पाँचौं वरियताका नाडालले १४ औं वरियताका डेनिसमाथि ६-३ ६-४ ४-६ ३-६ ६-३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाले ।

सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका नाडाल अष्ट्रेलियन ओपन २००९ को च्याम्पियन हुन् ।