logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो


अंकुरण खबर
1.391K
Shares

राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो । तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ  ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसदले भोट हालेका हुन्।

कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख  र उपप्रमुख गरी १९१ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

१९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदान भइरहेको हो ।