logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोभिड पीडितलाई फलफूलका बिरुवा 


अंकुरण खबर
1.17K
Shares

कोभिड–१९ बाट पीडितलाई लक्षित गर्दै इको हिमालले खोटाङको ऐंसेलुखर्क र रावाबेँसी गाउँपालिकामा हिउँदे फलफूलका बिरुवा बिक्री सुरु गरेको छ ।

कोभिड–१९ को महामारीका कारण रोजीरोटी गुमेको र विदेशबाट फर्किएका युवालाई लक्षित गर्दै इको हिमालले दुई गाउँपालिकामा सस्तो मूल्यामा स्याउ, नासपाती, आरु, ओखर, किवी, दन्ते ओखर, चुच्चे ओखर, खुर्पानी, बदामको विरुवा बिक्री सुरु गरेको हो ।

कोभिड राहत स्वरुप न्यूनतम प्रतिवटा ५० रुपैयाँका दरले फलफूलको बेर्ना बिक्री सुरु गरिएको इको हिमाल नेपालका कृषि अधिकृत सुमन पराजुलीले बताए ।

माघ मसान्त सम्ममा दुई गाउँपालिकामा आठ लाख २४ सय मूल्य बराबरको ११ हजार ४००  बेर्ना बिक्री  गरिने इको हिमालले जनाएको छ ।