logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार विश्वकर्माको असमायिक निधनप्रति मन्त्री झाँक्रीको ध्यानाकर्षण


अंकुरण खबर
962
Shares

टिभी टुडेमा कार्यरत क्रियाशिल पत्रकार लाल बहादुर विश्वकर्माको गत बिहीवार विहान भएको असमायिक निधनप्रति शहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीको विशेष ध्यानाकर्षण भएको छ ।

अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशिल पत्रकारिता गरिरहेका लालबहादुर विकले थोरै पैसाको अभावमै ज्यान गुमाए भन्दा मन्त्री झाँक्री मात्रै होईन सचिवालयको पुरै टिम स्तब्ध बनेको छ ।

सोही दुखद घडीलाई मध्यनजर गर्दै माननीय मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम मृतक विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरि दिएकी छन् ।

अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भईरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड छ ।