logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने


अंकुरण खबर
780
Shares

फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि. को आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो ।

पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको सुरुवात पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ । कोभिड-१९ को अवस्थाअनुसार तय भएको योजनामा फेरबदल हुन सक्ने र खेल एउटै शहरमा आयोजना गर्न सकिने पनि आयोजकले बताएको छ ।

आगामी संस्करणबाट थपिने तीन टोलीका लागि फेब्रुअरीमा अक्सन गर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसअघि पहिलो संस्करणमा धनगढी एफसीलाई १-० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।