logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै


अंकुरण खबर
481
Shares

आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ ।

आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो ।

सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ ।

विजेता टिमले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछ ।