logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक


अंकुरण खबर
338
Shares

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्।

शुक्रबारका लागि बोलाइएको बैठक भौतिक उपस्थितिमा भने हुने छैन । कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा बोलाइएको हो।

बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुने छ भने बुधबार सम्मपन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने जनाइएको छ।

स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै आलोचना भइरहँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।