logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियन ओपन टेनिसको उपाधि बार्टीले जितिन्


अंकुरण खबर
806
Shares

विश्व नम्बर एक अस्लेग बार्टीले अष्ट्रेलियन ओपनको उपाधि जितेकी छन्।

शनिबार मेलबर्न पार्कमा भएको फाइनल खेलमा अमेरिकी खेलाडी ड्यानियल कोलिन्सलाई ६–३, ७–६ ९७–२० को सोझो सेटमा पराजित गर्दै बार्टीले पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्।

बार्टी पहिलो पटक अष्ट्रेलियन ओपनमा सिङ्गल्सको फाइनल पुगेर उपाधि जितेकी हुन्। यसअघि सन् २०१३ मा उनी डबल्सको फाइनल पुगेर हारेकी थिइन्।

पुरुष तर्फको उपाधिका लागि आज  रफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदै छ।

३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन्। उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन्।

युएस ओपन टेनिस विजेता मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिस जितेर ओपन एरामा लगातार दोस्रो ग्राण्डसलाम जित्ने कीर्तिमानको होडमा छन्। एजेन्सी