logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा


अंकुरण खबर
715
Shares

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । आफूहरुको माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

संगठनले माघ १७ गते देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने कार्यक्रम सार्वजनिक गरेको छ ।

अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्न दबाब दिन क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

माघ १८ गतेसम्म निर्वाचन घोषणा नगरे प्रतिकात्मक रूपमा सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालो झण्डा देखाइने विज्ञप्तिमा भनिएको छ । अनेरास्ववियुले माघ १९ गते काठमाडौं र प्रदेश राजधानीहरूमा कानूनविद्हरूसँग सडक बहस गर्ने बताएको छ ।