logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनेगल र इजिप्ट सेमिफाइनलमा


अंकुरण खबर
1.573K
Shares

सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे ।

आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेकाे हाे  । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेकाे छ  ।

इजिप्टले ९० मिनेटको निर्धारित समयपछी अतिरिक्त ३० मिनेटमा जित पायो ।

अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।