logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोजाङ प्रमुखको पुम्से तेक्वान्दो प्रतियोगिता २८ माघमा 


अंकुरण खबर
1.313K
Shares

काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता २८ माघमा हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २०० डोजाङ प्रमुखहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

दुई एकल स्पर्धा समावेश गरिएको छ । पुरुष/महिला १८ वर्षमाथि उमेरसमूहको खेल हुनेछ । पुरुष/महिला दुवैमा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले पाँच हजार, दोस्राेले तीन हजार र तेस्रोले दुई हजारका दरले नगद पुरस्कार पाउने छन् ।

सहभागीले २३ माघसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ । २३ माघदेखि २६ माघसम्म भिडियो पठाउने अवधि तोकिएको छ । भिडियो बढीमा एक मिनेट २० सेकेन्डको मात्र हुनु पर्ने आयोजकले जनाएको छ ।